मौसमी राडार बनाउन ५९ करोड रुपैयाँ बजेट विनियोजन

 जेठ १५, २०७६ बुधबार १७:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणंडाै - सरकारले भरपर्दो मौसमी राडार निर्माणका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अहिले सुर्खेतमा मौसमी राडार स्थापना भएको छ भने पाल्पा र उदयपुरमा राडार निर्माण गर्न ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।

एउटा राडार बनाउनका लागि कम्तीमा २० करोड रुपैयाँ खर्च हुन्छ । सुर्खेतमा विदेशी दाताको सहयोगमा राडार स्थापना गरिएपनि सञ्चालनमा आउन सकेको छैन ।
पश्चिमका लागि सुर्खेतमा, मध्य नेपालका लागि पाल्पा र पूर्वी नेपालका लागि उदयपुरमा राडार निर्माण गर्न लागिएको हो ।

राडार नभएका कारण गएको चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडाे आँधीले २८ जनाको ज्यान गएको थियो । जसलाई मौसमविदले राडारको अभावमा अनुमान गर्न सकेका थिएनन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया