कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
उदयपुर – चौदण्डीगढी नगरपालिका वडा नं. ६ को द्वारखोलमा शिशुको शव फेला परेको छ ।
बुधबार बिहान द्वारखोलाको पुल नजिकै पानि भित्र शव फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलका अनुसार सालनाल काटिएको अवस्थामा झण्डै ९ महिनाको शिशुको शव फेला परेको हो । बालकको सालनाल काट्दा प्रयोग गरिएको नाभीमा रहेको मेडिकल धागो हेर्दा अवैध गर्भपतन गरेर खोलामा फालेको हुन सक्ने प्रहरी निरीक्षक पौडेलको भनाई छ ।
निरीक्षक पौडेलका अनुसार शिशुको शव बेल्टार स्वास्थ्य केन्द्रमा राखेर अनुसन्धान थालिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।