प्रदेश २ सरकारले बाढीपहिरोका मृतक परिवारलाई तत्काल ५० हजार दिने

 असार २०, २०७५ बुधबार १३:४९:३० | उज्यालो सहकर्मी

धनुषा – बाढी पहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नम्बर २ को सरकारले तत्काल ५० हजार  रुपैयाँ नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नम्बर २ मा हालसम्म २ जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । बाढीका कारण गत मंगलबार पर्सा जिल्लाको पर्सागढी गाँउपालिका वडा नम्बर ८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको मृत्यु भएको हो । 

यसका साथै बाढी पहिरोको कारण मृत्यु भएकाहरुको परिवारप्रति मुख्यमन्त्री लालबाबु राउतले हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको छ ।
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया