प्रतिबन्ध फुकुवापछि विश्वकपमा वार्नर: अपेक्षाकृत अब्बल प्रदर्शन

 जेठ १९, २०७६ आइतबार १२:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बल टेम्परिङ (बललाई नियन्त्रणमा राख्न बल बिगार्ने प्रकृया) प्रकरणमा एक वर्षको प्रतिबन्धपछि अस्ट्रेलियाका डेभिड वार्नर र स्टिभ स्मिथ विश्वकपमा फर्किएका छन् ।

२०१८ मा भएका टेस्ट म्याचका क्रममा उनीहरुले बल बिगारेको अभियोगमा १ वर्षको प्रतिबन्धमा परेका थिए । प्रतिबन्धपछि विश्वकपमा फर्किएका वार्नर विश्वकपको पहिलो खेलमा अफगानिस्तानविरुद्ध मैदान उत्रिए ।

अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्ने बेला वार्नरलाई  कप्तान एरोन फिन्चले बाउन्ड्री लाइनमा फिल्डिङ गर्न लगाए । वार्नरले फिल्ङि गर्दा उनका फ्यानले मज्जाले सेल्फी लिए भने ब्याटमा अटोग्राफ पनि लिएका थिए । यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले वार्नरप्रति सम्मान भनी समाचार लेखेका छन् ।

यसअघि अभ्यास म्याचका क्रममा अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध खेल्दा समर्थकले स्मिथ र वार्नरलाई ‘चिटर चिटर’ भनेर हुटिङ गरेका थिए ।

तर अफगानिस्तानविरुद्ध खेल्दा भने त्यस्तो केही सुन्नु परेन । इंग्ल्याण्डको खेल नभएका कारण पनि यासाे भएकाे हुनसक्छ ।याे खेलमा अफगानिस्तानविरुद्ध अस्ट्रेलिया ७ विकेटले विजयी भयो जसमा वार्नरले ८९ रनको नट आउट पारी खेले ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया