१३ अर्ब व्यापार घाटा रहेको मुुलुकमा प्रधानमन्त्रीकाे समृद्धिको नारा सुहाउँदैन: माेहन वैद्य

 असार २०, २०७५ बुधबार १६:२०:४ | उज्यालो सहकर्मी

काठमाडाैं - नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ नदेखाउन चेतावनी दिनुभएको छ । 

महासचिव वैद्यले राजा, महाराजाको अवतारको रुपमा प्रधानमन्त्री ओलीले दम्भ देखाउने गरेको भन्दै त्यो धेरै दिन नटिक्ने दावी समेत गर्नु भयो ।

बुधबार काठमाडाैंमा आयोजित कार्यक्रममा उहाँले उत्पादन वृद्धि नगर्ने तर विकास र समृद्धिको नारा उराल्ने काम नगर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

महासचिव वैद्यले करिव १३ अर्ब व्यापार घाटा रहेको मुुलुकमा विकास र समृद्धिको नारा उराल्न प्रधानमन्त्री ओलीले नसुहाउने तर्क पनि गर्नुभयो ।

उहाँले जनयुद्धका महान सहिदहरुको सपनामाथि गम्भीर आघात पारेको भन्दै पुष्पकमल दाहालको चर्को आलोचना पनि गर्नुभयो ।

 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया