झापा कपको पहिलो सेमिफाइनलमा आज सलहेश र चर्च ब्वाइज खेल्दै
पुस ५, २०८१ शुक्रबार
तेह्रथुम –तेह्रथुम र पाँचथरलाई जोड्ने तमोर नदीको लुमुघाटमा रहेको पुल निर्माणमा ढिलाई हुँदा यी जिल्लाका बासिन्दालाई सास्ती भएको छ ।
तीन वर्षमा काम सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको स्वच्छन्द निर्माण सेवा काठमाडौंले पाँच वर्ष बितिसक्दा पनि काम पूरा गरेको छैन । बरु विभिन्न बहाना बनाउँदै अहिलेसम्म बल्ल ४० प्रतिशत मात्रै काम गरेको छ ।
पुल नहुँदा म्याङलुङ्ग–तमोर तथा तमोरदेखि याशोक फिदिम सडकखण्ड उपयोगमा छैन । तेह्रथुम र पाँचथरका सदरमुकामलाई जोड्ने यो सडक खण्डमा पुल नहुँदा गाडी चल्न सकेका छैनन् । यहाँको सडकसमेत लामो समयदेखि प्रयोगविहीन रहेको छ । मोटर साइकलहरु झोलुङ्गे पुलबाटै जोखिम मोलेर वारिपारी तार्ने गरिएको छ । पुल नबन्दा तेह्रथुमको म्याङलुङ्ग नगरपालिका र पाँचथरको कुम्मायक गाउँपालिकाका बासिन्दाले सास्ती खेप्नु परेको छ ।
पुल नबन्दा गाउँपालिकाबासीले सास्ती भोग्नुपरेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो । निर्माण कम्पनीले पाँच वर्ष पुग्दा चार वटा पिलर हालेर ढलान मात्रै गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार १ सय ६० मिटर लामो पुलमा ९२ मिटर ढलान हुनेछ भने बांकी ५७ मिटर स्टिलको ट्रष्ट राखिनेछ ।
दुई लेनको पुल निर्माणका लागि स्वछन्द निर्माण सेवाले २०७० सालमा १५ करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको थियो ।
२०७३ सालमा निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माण कम्पनीको लापर्बाहीका कारण दुई वर्ष ढिला हुदा पनि आधा काम पनि सम्पन्न भएको छैन् । पुलमा २ वटा पिलर, ४ वटा स्ल्याब र ६० मिटर लम्बाईको ट्रष्ट निर्माण गर्न बाँकी रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।