प्रधानमन्त्री कप तेस्राे विश्वविद्यालय खेलकुद आजदेखि

 असार २१, २०७५ बिहीबार ८:४५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री कप तेस्रो विश्वविद्यालय खेलकुद आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल गरी चार खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबलमा दुई, ब्याडमिण्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

तीन दिनसम्म चल्ने प्रतियोगितामा आठ विश्वविद्यालया २ सय ५६ खेलाडी सहभागी हुनेछन् ।  भलिबलका खेल त्रिपुरेश्वरमा रहेको कभर्डहलमा, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयमा तथा टेबलटेनिस लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिताका लागि झण्डै ३५ लाख रुपैयाँ खर्च हुने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । 

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया