भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाडौं – सरकारले गएको भदौ १४ गतेपछि भएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि धेरैको जागिर जाने भएको छ । बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको हो ।
यो निर्णयसँगै नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड समिति, कम्पनी, बैंक वा अरु संस्थामा मन्त्रिपरिषद् वा मन्त्रीस्तरबाट भएका सबै नियुक्ति र मनोनयन खारेज हुने भएको छ ।
मन्त्रिपरिषदको निर्णयसँगै पुनर्निर्माण प्राधिकरण सिइओ युवराज भुसाल, दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, चलचित्र विकास बोर्ड अध्यक्ष नीकिता पौडेलको जागिर जाने भएको छ ।
यस्तै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष नरेन्द्रराज बस्नेत, कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्र, खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसाद, स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत माधवकुमार कार्की, राष्ट्रिय योजना आयोगको सदस्य डा। गोविन्दराज भट्टको पद गुम्ने भएको छ ।
यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा नियन्त्रक रामकुमार आचार्य, राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत विष्णु ओम वादे, गोरखापत्र संस्थान महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, घरेलु तथा साना उद्योग विकास समिति कार्यकारी निर्देशक नवीनकुमार झा, खानेपानी संस्थानको सञ्चालक समिति सदस्य भोगेन्द्र मिश्र, गुठी संचालन समितिको अध्यक्ष मिनराज चौधरी, प्रशासक नारायण चौधरी, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुली, दूर सञ्चार प्राधिकरण सदस्य हेमकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् सदस्य कुवेर प्रकाश सिंहको जागिर गुम्ने भएको छ ।
सरकारको निर्णयसँगै राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्षहरु र नगरविकास समितिका अध्यक्षहरुको पद पनि जाने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।