‘एम एस धोनी : अनटोल्ड स्टोरी’ को सिक्वेल बन्ने, सुशान्तसिंह राजपुत फेरि धोनी बन्दै

 असार २१, २०७५ बिहिबार १४:२३:१२ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘एमएस धोनी : अनटोल्ड स्टोरी’ सन् २०१६ मा सुपरहिट भएको थियो ।

फिल्मका निर्माताहरु फेरि त्यस फिल्मको सिक्वेल बनाउने तयारीमा लागिसकेका छन । खबरहरुका अनुसार भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंहको जीवनीमा रहेको यस फिल्ममा पनि सुशान्त सिंह राजपुतले नै धोनीको भूमिका निर्वाह गर्नेछन् । बन्न लागेको सिक्वेलमा भारतले विश्वकप जितिसके पछिको जीवनलाई देखाइनेछ । 

सन् २०११ मा महेन्द्रसिंह धोनीको नेतृत्वमा भारतले क्रिकेटबाट विश्वकप जितेको थियो । यस फिल्ममा महेन्द्रसिंह धोनीको निजी जीवनलाई केन्द्रमा राखेर देखाइनेछ । धोनीकी श्रीमती साक्षी सिंह धोनी र उनकी छोरी जीवासँग जोडिएका कुरालाई पनि समावेश गरिनेछ । 

यस्तै धोनीको आईपीएलको यात्रालाई पनि देखाइनेछ । जसमा धोनीको नेतृत्वमा चेन्नई सुपर किंग्सको शानदार जितलाई पनि देखाइनेछ । यस्तै सन् २०१५ मा विश्वकपमा भारतको सेमिफाइनल सम्मको यात्रालाई पनि देखाइनेछ । 

सन् २०१६ मा प्रदर्शन भएको ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ मा महेन्द्र सिंह धोनीको सुरुवाति जीवन संघर्षमा आधारित थियो । जसमा सुशान्त सिंह राजपुतलगायत दिशा पटानी, कियारा अडवाणी र अनुपम खेरको मूख्य भूमिका रहको थियो । फिल्म बक्स अफिसमा २१६ करोडको व्यापार गर्दै सुपरहिट भएको थियो ।  


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया