बनेको घरको रोकियो अनुदान, नयाँ घर बनाउन आग्रह

 असार २१, २०७५ बिहिबार १७:५५:५२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – बसोबास गर्न अयोग्य भनि प्रमाणित गरिएका धादिङका १० बस्तीका २ सय ७६ परिवारलाई सरकारले उपलब्ध गराएको अनुदानको रकम रोकेको छ । 

बन्दै गरेका घरको अनुदान बस्ती स्थानान्तरण गर्नु पर्ने भएकोले रोकिएको हो । जोखिम बस्तीमै घर बनाइ सकेर अनुदान लिन बाँकी भएका परिवारको अनुदान सरकारले रोकेको हो । नयाँ स्थानमा बस्ती स्थानान्तरण गर्नु पर्ने र ती परिवारले  घर बनाउन सरकारसँग २ लाख रुपैयाँ लिन पाउने व्यवस्था भएकोले अयोग्य बस्तीमा घर नबनाउन आग्रह गर्दै सरकारले दिएको रकमले घडेरी किनेको जग्गामा घर बनाउन सरकारले आग्रह गरेको हो ।

विकट  उत्तरी धादिङको हिन्दुङमा ९३ घर मध्ये २३ घरले पहिरोमाथि घर बनाइ सकेका छन् । उनीहरुमध्ये नुर्बु तामाङ र कलमान तामाङ लगायतले घर निर्माण गरेर दोश्रो किस्ता नि लिन बाँकी छ, अब तेश्रो किस्ताको लागि रकम रोकिएको छ । बस्ती स्थानान्तरण गर्नु पर्ने भएकोले यहाँका सबैलाई घडेरी किन्न समेत रकम दिने र उनीहरुले सुरक्षित स्थानमै घर बनाउन मात्र सरकारले अनुदान रकम दिने भएकोले किनेकै जग्गामा घर बनाउन पर्ने जिल्ला कार्यान्वयन इकाइका प्रमुख जिल्ला इञ्जिनियर राजेन्द्र केसीले बताउनुभयो । 

सधैँभरि पहिरोको जोखिममा रहेको चपाङचेतको नेत्रबहादुर घलेले दोश्रो किस्ताको रकम लिनुभयो । बस्न अयोग्य भएकोले घलेले सरकारले दिएको २ लाख रुपैयाँले ५ आना जग्गा समेत खरिद गरेका छन् । ‘पहिरोमाथि घर बनेको छ । सरकारले दिने बाँकी अनुदान अब पहिरोमाथि नदिने र नयाँ जग्गामा घर बनाए मात्र दिने भएकोले सरकारले बस्न अयोग्य भनेको स्थानमा अनुदान रोकेको हो’, जिल्ला कार्यान्वयन इकाइ प्रमुख जिल्ला इञ्जिनियर केसीको भन्नुभयो ।

चपाङचेतमा ४० घर रहेकोमा अधिकांशले गाउँमा घर बनाउन पहिलो किस्ताको रकम ल्याएर घर निर्माण गरिरहेका छन् । पहिचान गरिएको २ सय ७६ घर मध्ये १ सय १८ परिवारले घडेरी किन्न २ लाख रुपैयाँ रकम पाएका छन् ।

सरकारले लामो समय कुर्दा पनि बस्ती पहिचान गरी जोखिमको आँकलन नगरिदिएका कारण सोही बस्तीमा घर निर्माण गरिसकेका गाउँबासीले बस्तीमा घर बनाइसकेर पहिलो दोश्रो किस्ताको अनुदान रकम लगिसकेको भए पनि अर्को घर बनाएरमात्र पूरै अनुदान लिन पाइने बताएपछि पीडितहरु कसरी अर्को घर बनाउने भन्ने अलमलमा परेको सेर्तुङका स्थानीय विजय तामाङले बताउनुभयो । 
    

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया