गाउँका ‘राजा’ : कहिले काम खोज्दै परदेश, कहिले गाउँपाखा

 असार २, २०७६ सोमबार ११:२७:५१ | उज्यालो सहकर्मी

राजा भन्नेबित्तिकै धेरैलाई लाग्छ, सुखसयलमा बस्ने र सम्पत्तिले भरिपूर्ण मान्छे । त्यसमाथि देशमा राजा हटेको पनि दशक नाघिसकेको छ । तर झापामा मात्र बसोबास गर्ने किसान समुदायमा अझै राजाले राज गरिरहेका छन् । यी राजाको जीवन चाहिँ दुखैदुःखले भरिएको हुन्छ । काम खोज्दै कहिल्यै विदेश पुग्छन, कहिले गाउँपाखा र खेतबारी ।

लोपोन्मुख किसान समुदायमा राजा राख्ने प्रचलन रहिआएको छ । गाउँबुढो अर्थात महतोलाई राजा पनि भनिन्छ । अनि राजाको साथी मन्त्री र उनीहरुलाई सहयोग गर्न सिपाही पनि हुन्छन् ।

समुदायमा हुने गरेका झैझगडा तथा बिहेवारीमा राजाको भूमिका निर्णायक हुन्छ । गाउँमा झैझगडा या मुद्दामामिला भयो भने समाज बोलाएर राजाले मुद्दाको छिनोफानो आफैँ गर्ने गर्छन् ।

राजा अर्थात महतो समुदायकै उच्च पद हो । त्यसपछि मन्त्री  अर्थात वकिल र सिपाही हुन्छन् । किसान जातिभित्र हुने विवाह, मृत्युलगायतका संस्कारमा राजा नभई हुँदैन । राजाविना हाम्रो सबै कर्म अपूरो हुन्छ । 

सरकारले किसान जातिलाई लोपोन्मुख जातिका रूपमा मासिक भत्ता दुई हजार रुपैयाँ दिँदै आएको छ । अहिले वैदेशिक रोजगारीले समेत किसानको जीवनस्तर क्रमश : उकासिन थालेको छ । 

खासगरी झापाको मेचीनगर, धाइजन, शान्तिनगर, बाहुनडाँगी र बिर्तामोडलगायत क्षेत्रमा किसानको बसोवास छ । मूलथलो भारतको झारखण्ड र विहार भए पनि उनीहरू वर्षौंदेखि झापामा बस्दै आएका छन् । २०६८ सालको जनगणना अनुसार किसानको जनसंख्या  १ हजार ७ सय ३९ छ । 

उनीहरुको जीविकोपार्जनको मुख्य स्रोत खेती किसानी नै हो । कामको लागि युवाहरु विदेश पनि पुग्छन् । राजा अर्थात महतो भएकाहरु पनि वैदेशिक रोजगारीमा जाने गर्छन् । समुदायभित्र हुने मुद्दाको छिनोफानो गर्नेदेखि खेती किसानीको काम गर्छन् । 

किसान जातिका एकजना राजाका श्रीमती चिलु किसानसँग हामीले कुराकानी गरेका छौं । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया