बाढीका कारण जलविद्युत आयोजनामा क्षति

 असार २१, २०७५ शुक्रबार ५:३९:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – वर्षाका कारण आएको बाढीले निर्माणाधीन रुदीखोला ‘ए’ जलविद्युत आयोजनामा क्षति पुर्याएको छ ।

लमजुङ र कास्कीको सीमानामा पर्ने रुदी खोलामा निर्माणाधीन ८.८ मेगावाट क्षमताको जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको हो । आयोजनाका डिपुटी प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार वर्षासंगै आएको बाढीका कारण निर्माण भईसकेका संरचनामा क्षति पुगेको छ ।


पेनस्टक पाइप राखिसकेको ठाउँमा पहिरोले पाइप हानेकाले दोहो¥याएर काम गनुपर्ने भएको छ । सर्ज पाइपमा पहिरोले गर्दा एङ्कर ब्लकको ढलान हुन सकेको छैन । पेनस्टकमा दुईवटा एङ्कर ढलानको काम बाँकी छ । 

पहिरोले सडक अवरुद्ध बनाउँदा आवश्यक निर्माण सामाग्री ढुवानीमा समस्या परेको छ । आयोजनाको पावर हाउसको काम र इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्बाईन र जेनेरेटरको जडान कार्य सकिएको छ । हेडवक्र्स अन्तर्गत सिभिलको काम सकिएको छ । 

‘अबको ४५ दिनभित्र सबै काम सक्ने लक्ष्य छ,’ भट्टराईले भन्नुभयो, ‘भदौ मसान्तसम्ममा परीक्षण उत्पादन पछि उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।’

रुदीखोला ‘ए’ जलविद्युत आयोजनाको २०६९ माघ २८ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद—सम्झौता (पिपिए) भएको हो । आयोजनाको हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए सम्झौता भएको हो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया