पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई १० वर्ष जेल सजाय

 असार २२, २०७५ शुक्रबार १८:६:३८ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई दोषी ठहर गरेको छ । 

अदालतले नवाज शरीफलाई १० वर्ष तथा छोरी मरियमलाई सात वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले मरियमलाई २० लाख पाउण्ड जरिवाना पनि सुनाएको छ । 

अदालतको फैसलापछि मरियम नवाज चुनाव लड्नका लागि अयोग्य भएकी छिन् । पाकिस्तानमा जुलाई २५ मा चुनाव हुँदैछ । मरियम लाहोरबाट चुनावमा उठ्दै थिइन् । 

अदालतले मरियममा श्रीमान क्याप्टेन सफदरलाई पनि दोषी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले लण्डनमा रहेको उनीहरुको एभेनफिल्ड अपार्टमेन्ट जफत गर्न आदेश दिएको छ । 

एभेनफिल्ड अपार्टमेन्ट लण्डनमा रहेका नवाज परिवारको सम्पत्ति मानिन्थ्यो । यसैलाई लिएर उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको थियो । इस्लामाबादमा रहेको भ्रष्टाचार विरोधी अदालतका न्यायाधीश महमूद बशीरले साढे नौ महिनासम्म यो मुद्दामा सुनुवाई गरेका थिए । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Pashupati Karkee

    July 6, 2018, 6:14 p.m.

    नेपालमा भए बाइज्जत रिहा हुन्थे भ्रस्टाचार का ठेकेदार हरु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया