बुफोनलाई पीएसजीले भित्र्यायो

 असार २३, २०७५ शनिबार ७:१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले युभेन्टस तथा इटालीका पूर्व गोलरक्षक जियानलुइगी बुफोनलाई भित्र्याएको छ । 

४० वर्षीय बुफोनले यही सिजनमा युभेन्टस छोडेका थिए । उनले युभेन्टसबाट १७ वर्षमा ६ सय ५६ खेल खेलेका छन् । 

नौ पटक  सिरी ए जिताएका बुफोनलाई युभेन्टसले नै एक वर्षका लागि मैदान बाहिरको भूमिका सम्हाल्ने गरी सम्झौता गर्न लागिएको हल्ला थियो । तर बुफोनले भने फ्रेन्च क्लब पीएसजीसँग एक वर्षको लागि सम्झौता गरेका छन् । पीएसजीसँगको सम्झौतापछि उनले भने, ‘मलाई थाहा छ पीएसजीको सपना र उसका प्रशंसकका हृदयमा भएको कुरा ।’

‘मैले आफूमा भएको सबै उर्जालाई बाहिर ल्याउने छु, मेरो अनुभवले मेरो नयाँ क्लबलाई महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग गर्नेछु’, बुफोनले भने । आफ्नो करियरमा पहिलो पटक देश छोड्दै गरेको बताउँदै बुफोनले महत्वाकांक्षी योजना भएकाले मात्रै पीएसजीको अफर स्वीकार गरेको बताएका छन् । 

बुफोन इटालीका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् । उनले इटालीको राष्ट्रिय टोलीबाट १७६ खेल खेलेका छन् । इटाली विश्वकपमा छनोट हुन नसकेपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । 

बुफोनले इटालीलाई सन् २००६ को विश्वकप जिताएका थिए । तर च्याम्पियन्स लिग जिताउन भने उनी असफल रहे । युभेन्टस सन् २००३ मा एसी मिलानसँग, २०१४ मा बार्सिलोनासँग र २०१७ मा रियल मड्रिडसँग च्याम्पियन्स लिगको फाइलमा पराजय हुन पुगेको थियो । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया