कम्युनिष्ट सरकार तानाशाही भयो : देउवा

 असार २३, २०७५ शनिबार १५:११:३७ | दीपक भट्ट

रामेछाप – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाउनुभएको छ ।

आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु वर्तमान सरकारले उल्टाएर कम्युनिष्टहरु तानाशाही भएर मुठभेड निम्ताउन खोजेको देउवाको आरोप छ । कम्युनिष्ट सरकार छिमेकी मुलुक भारत र चीनसामु लम्पसार परेको बताउँदै तत्काल चीनबाट नेपालमा रेल आउने कुनै सम्भावना नै नभएको देउवाको भनाई थियो ।

देउवाले अहिलेको सरकारले विरोध गर्न पाउने  नागरिकको लोकतान्त्रिक अधिकार खोसेकोे पनि आरोप लगाउनुभयो । केपी ओली नेतृत्वको वर्तमान सरकार भारतसामू लम्पसार परेको पनि सभापति देउवाको आरोप छ ।

नेपाल प्रेस यूनियन रामेछापले शनिबार रामेछापको मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएर चालेको निरकुश कदम नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने बताउनुभयो । उहाँले कम्युनिष्ट सरकारले गरेको सार्वजनिक नियन्त्रण र कब्जा गर्ने गरी चालेको कदमलाई कांग्रेसले कडा रुपमा प्रतिवाद गर्ने बताउनुभयो । 

चीनबाट रेल आउँछ भनेर ओली सरकारले नागरिकलाई ढाँटेको आरोप लगाउँदै देउवाले चीनबाट नेपालमा तत्काल रेल आउने सम्भावना नरहेको जिकिर गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया