वर्षाले जनकपुरधाम जलमग्न

 असार २७, २०७६ शुक्रबार १०:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – बुधबार रातिदेखि परेको अविरल वर्षाले प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ ।

जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, जनकपुर विमानस्थल, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालयलगायतको परिसर जलमग्न बनेको छ ।

यो क्षेत्रमा कतिपय होचा स्थानमा बनाइएका घरमा पानी पसेको छ ।अहिलेसम्म कुनै प्रकारको अप्रिय घटना नभएको र  वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

जनकपुर उद्योग वाणिज्य संघभानु चोकमिल्स एरियामुरली चोकविश्वकर्मा चोककदम चोकलगायतका क्षेत्रमासमेत पानी जमेको छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया