वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
दाङ – ग्वार खोलामा आएको बाढीले बस बगाएको छ । खोलामा धुँदै गरेको बसलाई एक्कासि आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीले चालक र सह–चालकलाई भने सकुशल उद्धार गरेको छ । ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सह-चालक निर्मल पुनको सकुशल उद्दार गरिएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, सशस्त्र प्रहरीका डीएसपी रोमबहादुर कार्कीलगायतको टिम खोलामा पुगेर चालक र सह-चालकको उद्दार गरेको हो ।
उद्धारमा खटिएका डीएसपी शाही खोलामा चिप्लिएर सामान्य घाइते हुनु भएको छ । उहाँको टाउको र ढाडमा चोट लागेको छ ।
ग्वार खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक अवरुद्ध भएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।