दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
सुर्खेत – आफ्ना मागहरु राख्दै आमरण अनशनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको अवस्था नाजुक बन्दै गएको छ ।
स्वास्थ्यमा खराब आएपछि आमरण अनशन बसेको छैटौं दिनमा अर्का विद्यार्थी मिलन बिसीलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई अहिले स्थानीय देउती अस्पतालमा उपचारका लागि ल्याइएको छ । यसअघि नै रोशन बस्नेत र रत्नकुमार शर्मालाई आइसीयूमा राखेर उपचार भइरहेको छ ।
विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायत ७ बुँदे मागहरु राखेर ६ दिनदेखि आमरण अनशन रहेका छन् ।
विश्वविद्यालयका पदाधिकारीहरु आफ्ना मागहरुलाई पूरा गर्न लचिलो नभएको भन्दै आइतबारदेखि ९ जना विद्यार्थीहरुले पनि भोक हड्ताल सुरु गरेका छन् । विश्वविद्यालयका उपकुलपति, राजिष्टारसहितको टोलिसँग विद्यार्थीहरुले आफ्ना मागका विषयमा वार्ता बसे पनि बिना निश्कर्ष सकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।