महिला फुटबल: साफ यू-१८ र दक्षिण एशियाली फुटबल यू-१५ मा नेपाल समूह बी मा

 असार २४, २०७५ आइतबार १५:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ यू -१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ ।

शनिबार भएको ड्र मा नेपाल समुह बी मा परेको छ । सो समुहमा नेपालसँगै भुटान, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

त्यस्तै समुह ए मा आयोजक भारत, श्रीलङ्का र माल्दिभ्स परेका छन् । सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भारतमा हुने प्रतियोगितामा दक्षिण एसियाका १८ बर्ष मुनिका ७ देशका महिला टोली सहभागि रहनेछ ।

नेपालले समुह चरणको पहिलो खेलमा पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

दक्षिण एशियाली महिला फुटबल, अन्डर-१५ च्याम्पियनसिपमा पनि समुह बी मै

यसैगरी दक्षिण एशियाली महिला फुटबल अन्तर्गत अन्डर १५ च्याम्पियनसिपमा नेपाल समुह बीमा परेको छ । जसमा नेपालले पहिलो खेल पाकिस्तानसंग खेल्ने भएको छ । शनिबार सार्वजनीक गरिएको ड्र अनुसार नेपालले अगष्ट ११ मा पाकिस्तानसंग पहिलो खेल खेल्नेछ ।

समुहको अन्तिम खेलमा अगष्ट १३ मा बंगलादेशसंग खेल्नेछ । साफ अन्डर १५ प्रतियोगिता भुटानको थिम्पुमा अगष्ट ९ मा सुरु हुँदैछ ।


नेपाल रहेको समुहमा बंगलादेश र पाकिस्तान छन् । १० दिन सम्म चल्ने प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाउनेछन् ।

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया