मुम्बई आक्रमणका 'मास्टरमाइन्ड' हाफिज सईद पाकिस्तानकाे लाहाेरबाट गिरफ्तार

 साउन १, २०७६ बुधबार १६:३७:५० | एजेन्सी
unn.prixa.net

मुम्बई आक्रमणका अभियुक्त हाफिज सईदलाई पाकिस्तानको लाहोरबाट गिरफ्तार गरिएको छ । 

चरमपन्थी समूहको लागि सहयोग रकम जुटाएको विषयमा उनलाई गिरफ्तार गरिएको हो । पाकिस्तानमा पञ्जाबको आतंकवाद निरोधी विभागले हाफिज सईदसहित अन्य १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

गिरफ्तारमा परेका यी समूहमाथि आतंकवादको लागि रकम जम्मा गर्न गैरसरकारी संस्थाहरु बनाउँदै प्रतिबन्धित भैसकेको संस्थाहरुका लागि चन्दा संकलन गरिरहेको आरोप छ । 

हाफिज सईदलाई कोट लखपतको जेलमा राखिएको छ । उनलाई ३० दिनपछि अदालतमा पेश गरिनेछ । उनी जमानत लिनका लागि गैरहेका बेला नै गिरफ्तार गरिएकाे हाे । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खान केही दिनपछि अमेरिका भ्रमणमा जाँदैछन् । यसबीच हाफिजकाे गिरफ्तारी हुनुलाई पाकिस्तानले विश्व समुदायसमक्ष चरमपन्थी समूहप्रति आफ्नाे सरकार कठाेर भएकाे स‌ंकेत देखाउन चाहेकाे बताइएकाे छ ।

भारतले सईदमाथि सन् २००८ मा भएको मुम्बई हमलाको 'मास्टरमाइन्ड' भएको आरोप लगाएको छ । उक्त घटनामा कम्तीमा १७४ जनाले ज्यान गुमाएका थिए, जसमा ९ जना आतंकवादी पनि रहेका थिए । त्यस्तै ३०० बढी घाइते भएका थिए ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया