विश्वकप छनोटका खेलहरु दशरथ रंगशालामा हुने

 साउन २, २०७६ बिहिबार १६:९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने खेलहरु दशरथ रंगशालामा हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले नेपालले खेल्दै विश्वकप छनोटका खेलहरु रंगशालामा खेलाउने र त्यसका लागि यही साताबाट मैदानमा दुबो रोप्ने काम सुरु गर्ने बताए ।

चीन सरकारको सहयोगमा रंगशालाको सिन्थेटिक ट्रयाक राख्ने, फ्लड लाइटको काम हरु सकिएपछि भीआईपी प्याराफिट र साउण्ड सिस्टमको काम बाँकी रहेको छ । भीआईपी प्याराफिट बनेपछि साउण्ड सिस्टमको काम पनि समाप्त हुनेछ । यसका साथै मैदानको स्कोरबोर्ड पनि तयार भएको छ ।

रंगशालाको अन्य काम सकिए पनि चीन सरकारले हस्तान्तरण नगर्दा मैदानको पिच बनाउने काम भने सुरु हुन सकेको छैन । ट्रयाक बनाइसके पनि मैदानमा दुबो रोप्ने काम सुरु नहुँदा विश्वकप छनोटका खेलका लागि रंगशाला तयार हुन्छ की हुँदैन भन्ने प्रश्न उब्जिएको थियो ।

एन्फाले मैदानमा दुबो रोप्नका लागि परिषद् र खेलकुद मन्त्रालयसँग छलफल गरेपनि चिनियाँ कम्पनीले हस्तान्तरण नगर्दासम्म काम गर्न कठिन रहेको बताइएको थियो । तर परिषद्का सदस्यसचिव सिलवालले अब मैदानमा दुबो रोप्ने काम शनिबारबाट नै सुरु गर्ने बताएका छन् ।

याे पनि पढ्नुहाेस्


विश्वकप छनोट जस्तो ठूलो प्रतियोगिता सातदोबाटोको मैदानमा गराउँदा उचित नहुने भन्दै त्याे प्रतियोगिता अगाडि नै रंगशाला तयार पार्ने उनले बताए । यसका साथै हजारौ दशर्कले मैदानमा पुगेर खेल हेर्न पाउनेमा ढुक्क हुन आश्वासन दिए ।

नेपालले विश्वकप छनोटका दोस्रो चरणको पहिलो खेलमा सप्टेम्बर ५ तारिखमा कुवेतविरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेल १० सेप्टेम्बरमा चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले समूहको तेस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अक्टोबर १० तारिखमा उसकै मैदानमा खेल्नेछ । त्यसपछि १५ अक्टोबरमा घरेलु मैदानमा जोर्डन विरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह बीमा रहेको नेपालले कुवेतका साथै चाइनिज ताइपेइ, जोर्डन, अष्ट्रेलिया रहेका छन् ।

नेपालकाे हाेम र अवे खेलकाे तालिका 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया