समता अस्पताल प्रकरण : विमलालाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन

 साउन २, २०७६ बिहिबार १९:१३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पीडित पक्षले काठमाण्डौको समता अस्पतालमा मृत भेटिएकी विमला तामाङलाई न्याय दिन माग गर्दै काठमाण्डौमा प्रदर्शन गरेको छ । 

जिल्ला अदालत काठमाण्डाैले हत्या प्रकरणको अभियोग लागेका अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेल तथा दुई जना अन्य कर्मचारीलाई जनही ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि त्यसको विरोधमा पीडित पक्षले बिहीबार काठमाण्डौको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

त्यस क्रममा उनीहरुले विमलालाई न्याय दिन माग गर्दैै नाराबाजी पनि गरेका थिए । हत्यारालाई उन्मुक्ति दिने गरी अदालतले गरेको फैसला मान्य नहुने भन्दै प्रर्दशनकारीहरुले आक्रोश पनि व्यक्त गरेका थिए ।

अस्पतालकी कर्मचारी विमला असार ३ गते अस्पतालको काेठामा मृत अवस्था भेटिएकी थिइन । त्यस प्रकरणमा मुछिएकी अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला र दुई जना अन्य कर्मचारीलाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा चलाइएको थियो ।

काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अर्जुनकुमार कोइरालाको एकल इजलासले त्यस मुद्दामा सञ्जेल पत्नी कला तथा दुई कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीसँग जनही ३ लाखका दरले धरौटी माग गरेको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया