चिनियाँ फिल्म नेपालमा शुटिङ हुने

 साउन ६, २०७६ सोमबार १८:५३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग हुने गरी नेपालमा चिनियाँ भाषाको फिल्म छायांकन हुने भएको छ । 

‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालय र फिल्म प्रोडक्सन टिमले सोमबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गरेर नेपालमा चिनियाँ फिल्म शुटिङ हुने जानकारी दिएका छन् ।

चिनियाँ भाषाको फिल्म ‘द वे टू  पियोर ल्याण्ड’ नामक फिचर फिल्म नेपालमा शुटिङ हुने र यसले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अभियानलाई सहयोग गर्नेगरी शुटिङ हुने दुवै पक्षले जनाएका छन् ।

फिल्म शुटिङका सम्भावित गन्तव्य खोज्न प्रसिद्ध निर्देशक किम किंग र एलेन राजा, अभिनेत्री सेलिना, लेखक रे चेन, निर्माता वाग वु बू र सहायक निर्देशक एल्डब्बेले पोखरा, चितवन, बन्दीपुर र काठमाण्डौको अवलोकन गरिसकेका छन् ।

फिल्मको विषयबस्तु आध्यात्मिकतामा आधारित छ । फिल्मले चिनियाँहरुमाझ नेपाली कला संस्कृति, आध्यात्मिकता र साहसिक गन्तव्यको प्रचारप्रसारमा सहयोग पुर्‍याउने छ ।

यसअघि सन् २०१३ मा नेपालको हिमाली भेगमा ‘अप इन द विन्ड’ शुटिङ भएको थियो । धेरै नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटक दोस्रोमा पर्छन् । 

आउँदो नोभेम्बर/डिसेम्बरमा शुटिङ हुने फिल्मका लागि नेपाल भ्रमण वर्षको सचिवालयले सहजीकरण गर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया