रणबिर कपूर र आलिया भट्टको विवाह अर्को वर्ष

 साउन ७, २०७६ मंगलबार १९:३८:५७ | एजेन्सी
unn.prixa.net

भारतीय अभिनेत्री आलिया भट्ट र रणबिर कपूरको विवाहको खबर एक पटक फेरि चर्चामा रहेको छ ।  एक वर्षदेखि आलिया र रणबिर प्रेममा रहेका छन् ।

यतिबेला दुवै फिल्म ‘ब्रम्हास्त्र’ को छायाकंनमा व्यस्त छन् । यसै फिल्मको छायाकंनको क्रममा आलिया र रणबिरबीचको प्रेम झाँगिएको थियो । त्यसपश्चात रणबिर आलियालाई फिल्म छायाकंनमा मात्रै नभई अन्य स्थानहरुमा पनि एक साथ देखिन थालियो । दुवै जना एक साथ रहेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल नै भए ।

रणबिर कपूर र आलिया भट्टले एकअर्कालाई डेटिङ गर्न थालेको खबर सार्वजनिक भएसँगै उनीहरुका फ्यानहरुबीच दुवैको विवाहको विषयमा चर्चा हुन थालेको थियो । अहिले सार्वजनिक खबरहरुका अनुसार रणबिर र आलिया सन् २०२० को अन्त्य सम्ममा विवाह गर्ने बताइएको छ ।

अभिनेत्री आलिया भट्ट भारतका चर्चित फेशन डिजाइनर सब्यासाचीलाई भेट्न गएकी थिइन । आलियाले सब्यासाचीसँग आफ्नो विवाहको लेहंगाको विषयमा कुरा गरेकी छिन् । यसैकारण आलिया र रणबिर कपूरले छिट्टै नै विवाह गर्न सक्ने बताइएको छ ।

डिजाइनर सब्या साचीले अभिनेत्री अनुष्का शर्मा, दीपिका पादुकोण, प्रियंका चोपडाको विवाहको लेहंगा डिजाइन गरिसकेका छन् । आलिया भट्टले केही समयअघि मुम्बईको जुहुमा १३ करोडको अलिशान फ्ल्याट खरिद गरेकी थिइन् । त्यस समयमा पनि पनि उनको र रणबिरको विवाहको चर्चा चलेको थियो ।

खबरहरुका अनुसार आलिया र रणबिरका परिवार पनि दुवैको सम्बन्धमा निकै नै खुशी छन् । दुवै परिवार आलिया र रणबिरको विवाहलाई लिएर निकै नै उत्साहित छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया