टेस्ट क्रिकेट: पहिलाे इनिङमा आयरल्याण्डविरुद्ध इंग्ल्याण्ड ८५ रनमा अल आउट

 साउन ८, २०७६ बुधबार १८:३८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

आयरल्याण्डविरुद्धको टेस्ट म्याचको पहिलो इनिङमा इंग्ल्याण्ड ८५ रनमा अल आउट भएको छ ।

भर्खरै एक दिवसीय विश्वकप जितेको इंग्ल्याण्डले एकमात्र टेस्टको पहिलो इनिङ्मा २३ ओभर चार बल खेल्दा १० विकेट गुमाउन पुग्यो । इंग्ल्याण्डका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । त्यसमा पनि सर्वाधिक रन नयाँ खेलाडी जो डेन्लीले बनाए । उनले २३ रन बनाएका थिए ।

पहिलो पटक टेस्ट खेलेका अर्का खेलाडी अल्ली स्टोनले १९ रन बनाए भने साम कर्रनले १८ रन बनाए। रोरी बर्नसले ६, ज्यासन रोयले ५, जो रुटले २ र स्टुवार्ट ब्रोडले ३ रन बनाए । जाेनी बेयरस्टाे, मोइन अलि र क्रिश वाेक्सले खाता नै खोल्न सकेनन् । 

बलिङतर्फ आयरल्याण्डका टिमाेथी मर्ट्याग एक्लैले पाँच विकेट लिए भने मार्क अदायरले तीन तथा बोइड र्‍यान्किनले दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया