पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
ओखलढुंगा – चम्पादेवी गाउँपालिका वडा नम्बर-८ का वडाध्यक्ष अजय लुइँटेलमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा लुइँटेल विरुद्ध छिमेकी वडाका वडाध्यक्षमाथि कुटपिट गरेको, कर्मचारीलाई नाक भाँच्ने धम्की दिएको लगायतको अभियोगमा मुद्दा दर्ता भएको हो ।
त्यसै गाउँपालिका-७ का वडाध्यक्ष सुरेश थापाले गाउँपालिकाको कार्यालयमै ०७६ असार ३० गते दिउँसो आफूमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा साउन १ गते लुइँटेलविरुद्ध उजुरी दिनुभएको थियो । घटनाका प्रत्यक्षदर्शी खड्ग कार्कीका अनुसार गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे रक्सी पिएर लुइँटेलले थापामाथि कुटपिट गरेका थिए । कार्कीले आफूले थापालाई जोगाएको पनि बताउनुभएको छ ।
उजुरी लिएपछि प्रहरीले आरोपित वडध्यक्ष लुइँटेललाई छलफलका लागि बोलाएको थियो । प्रहरीले एक हप्ता कुर्दा पनि लुइँटेल नआएपछि मुद्दा दर्ता गरेको हो । लुइँटेलको अध्यक्ष थापामाथि कुटपिट गरेको, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेर्कड पनि प्रहरीलाई बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले उजुरी मुद्दाका रुपमा दर्ता भएकाले अब कानुनी प्रकृयामा अघि बढ्ने बताउनुभयो ।