तुइन हटाएर झोलुङ्गे पुल नबने केबलकार बन्छ : प्रधानमन्त्री ओली

 असार २५, २०७५ सोमबार १८:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूले चार महिनाको अवधिमा थुप्रै काम गरिसकेको बताउनुभयो । ‘चार महिनाको अवधिमा कति काम गर्न सकिन्छ रु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्टे अर्डरले पनि हैरान पारेको छ । सम्मानित अदालतका फैसला मान्नै पर्यो । त्यसले पनि केही ढिलो पारेको छ ।’ प्रधानमन्त्री ओलीले आफूले सोचेजस्तो छिटो समयमा काम गर्न विभिन्न बाधा, अड्चनले नदिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बजारमा बिचौलियाले अनुचित लाभ लिएर उपभोक्ता र उत्पादक ठग्ने परम्पराको अन्त्य गर्ने बताउनुभयो । ‘उपभोक्ता र उत्पादकलाई मारमा पार्ने बिचौलियासँग होसियार हुन आवश्यक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी उचित तरिकाले त्यसलाई सम्बोधन गर्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारले योजना अनुसार काम गर्ने बताउनुभयो । उहाँले विज्ञहरुले बनाएको योजना अनुसार सरकारले काम गर्ने बताउनुभयो । ‘हामी पन्ध्रौँ योजना बनाउने तयारीमा लागिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विज्ञ खै भनेर सोध्नुभएको छ रु योजना आयोग विज्ञहरु भएकै निकाय हो र यसले प्रभावकारी काम गर्ने छ ।’

सांसदहरुले योजना आयोगमा भूगोल अनुसारको विज्ञ नराखेको प्रश्नको जवाफ दिँदै ओलीले सबै विज्ञले भूगोल बुझेको बताउनुभयो । प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीतिर लक्षित गर्दै  भन्नुभयो, ‘कोही–कोही कस्ता भाग्यमानीको हुन्छन् भने जुम्ला जाँदा उधुम मचिन्छ र कोही गएको पनि थाहा हुँदैन । कतिले प्रचार गरेर हिँड्छन । कतिले गर्दैनन् । त्यसैले भूगोल बुझेका विज्ञ योजना आयोगमा छैन भन्ने कुरा सत्य होइन ।’ प्रधानमन्त्री ओलीले नेपालमा फर्मुला अनुसारको संघीयता भन्दा आफ्नै मोडेलको संघीयता अनुसार विकास गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले तुइन भएका सबै ठाउँमा झोलुङ्गे पुल बन्ने जिकीर गर्नुभयो । ‘१६ वटा स्थानमा तुइन हटाउन नसक्ने प्राविधिकले बताएका छन्, ती ठाउँमा पनि झोलुङ्गे पुल बन्छ, झोलुङ्गे पुल नबने कि पक्की पुल बन्छ कि केबलकार स्थापना हुन्छ’, ओलीले भन्नुभयो, दुईवर्ष अघि खिचेका फोटा देखाएर सरकारको विरोध गर्नुको औचित्य छैन ।’

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि, प्रशोधन केन्द्र, उद्योग स्थापना, व्यापार, शिक्षा, स्वास्थ्य मार्फत रोजगार स्थापनामा सरकारले काम गर्ने बताउनुभयो । ‘अहिलेको सरकारले गरिबी हटाएर छोड्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल जस्तो देशमा खाना नपाएर कोही मर्ने छैन ।’

प्रधानमन्त्री ओलीले आफू भष्ट्राचार नसहने भएकाले देश छिट्टै समृद्ध हुने आश्वासन दिनुभयो । उहाँले सुखी नेपाली र समृद्ध नेपालको सपना चाँडै पूरा हुने बताउनुभयो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Aashish Shrestha

    July 10, 2018, 11:27 a.m.

    सरकारले बोलेको भरमा विकास हुने भए देश स्वीजरल्याण्डभैसकेको हुनेथियो , त्यसैले अब बोली भन्दा काममा अग्रसर हुनुपर्यो प्रधानमन्त्रीज्यू /कतै मन्त्रीहरु बितण्ड मचाएर समाचार छपाईरहेछन कि , तपाई डा. केसीलाई मात्र देख्दैहुनुहुन्छ /आफ्नो ऐना पनि अनुहारमा हेर्नुपर्यो नि /

  •  0 Reply
  • प्रकाश के सी

    July 10, 2018, 8:20 a.m.

    प्रधान मंत्री ज्यूँ सोझा जनता लाई समृद्धि चाइयको हो कल्पना र सपना बाडने कामले केही हुन्न। जती काम सुरु गर्नु भको छ ती काम पूरा गर्नुस ईक्षा शक्ती देखाएर मात्र नी नहोला कार्यन्वयंन पाक्क्ष नी बलियों बनाउनु पर्यो

  •  0 Reply
  • Surendra

    July 10, 2018, 6:06 a.m.

    देश समृधी भयेको हेर्ने मन मलाई पनि छ तर कहिले सम्म देस समृधी होला भनेर चिन्तित हुन्छु । किनकी पर्धानमन्तृले धेरै थाउमा ठुलो ठुलो भासण गरेको धेरै पटक भयो तर अहिले सम्म कहि कतै देखिने गरि काम गरेको पाइएको छैन अनि भासण अनि सांसद मा प्रश्नको उत्तर दिदैमा देश बिकास होला भन्ने आसा अनि भरोसा कसरी गर्ने हामी सर्बसाधरनले ?

  •  0 Reply
  • Bal bahadur malla

    July 9, 2018, 8:50 p.m.

    कसरी सम्भव छ सरकार लाटासोजा जनतालाइ भासण मात्र हो

  •  0 Reply

तपाईको प्रतिक्रिया