भिखारी रामको हत्यामा संलग्न ३ जना पक्राउ

 असार २६, २०७५ मंगलबार १५:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – वीरगञ्जको गहवाका भिखारी रामको हत्यामा संलग्न तीन जनालाई प्रहरीले १५ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कलैया घरभई वीरगञ्ज बस्दै आएका ४० वर्षीय महजिद मिया हजाम, सर्लाही बरथवा १० का ४२ वर्षीय भरत थापा र पोखरा लेखनाथ नगरपालिका १ का २९ वर्षीय विजय नेपाली रहेको पर्साका प्रहरी उपरीक्षक रेवतीरमण घिमिरेले जानकारी दिनुभयो ।

वीरगञ्ज ८ गहवा निवासी पशुपति बैण्डका सञ्चालक समेत रहेका रामको गएको १० गते राति हत्या गरिएको अवस्थामा घर नजिकै नेपाल टेलीकमको पछाडिपट्टि रहेको सडकमा शव फेला परेको थियो ।

पक्राउ परेका तीनैजना अभियुक्त मध्ये अत्याधिक मादक पदार्थ सेवन गरेका महजिद मियाँ हजामले सामान्य विवादमा भिखारी रामको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया