‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्ताको त्यस्तै ल्याउन सकिँदैन : शिक्षामन्त्री

 असार २६, २०७५ मंगलबार १९:०:२३ | उज्यालो सहकर्मी

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्ताको त्यस्तै ल्याउन नसकिने स्पष्ट पार्नु भएको छ । 

मन्त्री पोखरेलले यो विधेयकलाई जस्ताको तस्तै ल्याउन व्यवहारिक रुपमा पनि नमिल्ने तर्क गर्नु भयो । विधेयकबारे राष्ट्रिय सभामा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले विधेयकलाई सामयिक बनाउन प्रधानमन्त्रीकै नेतृत्वमा १७ सदस्यीय उच्चस्तरीय आयोग बनाउने गरी प्रतिस्थापन विधेयक ल्याइएको पनि स्पष्ट पार्नुभयो । 

उहाँले मेडिकल कलेज स्थापना गर्ने विषयमा आवश्यक निर्णय लिने काम त्यही आयोगलाई दिने व्यवस्था गरिएको दावी गर्नुभयो । मन्त्री पोखरेलले आयोग गठन गरेर चिकित्सा क्षेत्रमा देखिएका सबै समस्या समाधान गरेर जान पनि वरिष्ठ चिकित्सक केसीलाई आग्रह गर्नु भयो । उहाँले आयोग गठन गर्ने बेला अनसनमा बसेर वरिष्ठ चिकित्सक केसीले सही काम नगरेको दावी समेत गर्नुभयो ।

मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारका लागि सरकार गम्भीर रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया