चार जनाको नकावधारी समूहले मनी ट्रान्सफरका कर्मचारीसँग १६ लाख लुट्यो

 असार २६, २०७५ मंगलबार २०:४३:३९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – नकावधारी समूहले महोत्तरीमा १६ लाख भन्दा बढी रकम लुटेका छन् । मंगलबार जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत मनरा सिस्वा नगरपालिका –६, जावख भन्ने ठाउँमा हतियार देखाई नाकाबधारी समूहले मनी ट्रान्सफरका कर्मचारीसँग पैसा लुटेका हुन् ।  

दिउँसो ४ बजे  दुईवटा मोटरसाइकलमा आएका चार जनाको नकावधारी समूहले मनरा सिस्वा नगरपालिका वडा नं. ७ सरपल्लोमा सञ्चालित प्रभु मनी ट्रान्सफरका कर्मचारी संजिव साहको साथबाट त्यौ पैसा लुटेका हुन् । साहले जलेश्वरमा रहेको लक्ष्मी बैंकबाट १३ लाख ९३ हजार र प्रभु बैंकबाट २ लाख ५९ हजार निकालेर फर्कँदै गरेका थिए ।  

ज६प ५७६४ नं. को मोटरसाइकलमा पैसा बोकेर आउँदै गर्दा साह लुटिएका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडकाले जनाउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया