वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता फागुनमा हुने भएको छ । फागुन १७ गतेदेखि चैत १ (फेब्रुअरी २९ देखि मार्च १४) गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले प्रतियोगिताका लागि आईसीसीबाट स्वीकृति प्राप्त भएको जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अख्तरले आउँदो संस्करणको ईपीएलमा टेस्ट खेल्ने राष्ट्रबाट 'आइकोनिक प्लेयर' राख्ने बताउनु भयो ।
प्रतियोगिता विगतको भन्दा पनि भव्य बनाउने गरी तयारी गरिरहेको उहाँले जानकारी दिनु भयो । गएको संस्करणको ईपीएलमा ६ ओटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितबारे थप जानकारी चाँडै गराउने प्रबन्ध निर्देशक अख्तरले जानकारी दिनु भयो ।