आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
भारतीय पूर्व क्रिकेटर भीबी चन्द्रशेखरको निधन भएको छ । बिहीबार चेन्नईमा रहेको घरमा उनको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीले चन्द्रशेखरले आत्महत्या गरेको हुन सक्ने जनाएको छ । एक प्रहरी अधिकारीले अुनसार उनले आर्थिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने बताए । भीबी चन्द्रशेखरको आर्थिक संकट तमिलनाडु प्रिमियर लिगको टिम ‘भीबी काँची वीरन्स’सँग जोडिएको हुन सक्ने प्रहरीले बताएको छ ।
चन्द्रशेखरले भारतको राष्ट्रिय टिमबाट ७ वटा अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेलेका छन् । सन् १९८८ मा उनले न्यूजिल्याण्डविरुद्ध पहिलो एकदिवसीय खेल खेलेका थिए । प्रथम श्रेणीको क्रिकेटमा ८१ म्याचको १२४ पारिमा उनले ४३.०९ को औसतले ४९९९ रन बनाएका छन् । यसमा दश शतक र २३ अर्धशतक पनि रहेको छ ।
भीबी चन्द्रशेखरको निधनले भारतीय क्रिकेट जगत स्तब्ध भएको छ । उनको निधनमा अनिल कुंबले, हरभजन सिंह, सुरेश रैनासहितका क्रिकेटरले दुःख व्यक्त गरेका छन् ।