वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
विवादित कश्मीर क्षेत्रको नियन्त्रण रेखा (एलओसी) मा भारतीय सेनाले आफ्नो एक जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले बताएको छ । योसँगै २४ घण्टाभित्र ६ सैनिकको ज्यान गएको छ ।
बिहीबार पाकिस्तानले विवादित क्षेत्रमा सीमापारि आगो लागेपछि कम्तीमा तीन जना आफ्ना सैनिक र पाँच जना भारतीय सैनिक मारिएको बताएको थियो । योसँगै आफ्ना तर्फका दुई जना नागरिकहरु मारिएको पाकिस्तानले भनेको थियो ।
शुक्रबार ट्वीट गर्दै पाकिस्तानी आर्मीका प्रवक्ता जनरल असिफ गफूरले भने, ‘माटोका फेरि अर्का बहादुर छोराले आफ्नो ज्यान गुमाएका छन् ।’
— DG ISPR (@OfficialDGISPR) August 16, 2019
भारतीय सेनाका प्रवक्ताले भने पाकिस्तानी प्रवक्ताको बयान गलत भएको बताएका छन् । ‘कुनै हताहत भएको छैन, यो दाबी गलत हो’, उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताए ।
पाकिस्तानी सेनाले कश्मीर क्षेत्रको नियन्त्रण रेखा (एलओसी) मा संघर्षविरामको उल्लंघन गरेको भारतीय सेनाले बताएको छ ।