महावीर पुनले भने: कृपया अब मलाई कुनै पुरस्कार नदिनुहोला

 साउन ३२, २०७६ शनिबार १८:८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विज्ञान तथा प्रविधि अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गर्नुभएको छ ।

चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उहाँले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गर्नुभएको हो । 

‘मैले यस्ता थुप्रै पुरस्कार पाइसकेँ, अब मलाई पुरस्कार र सम्मानको भारी नदिनुहोला, पुरस्कारले थिच्यो भने कुद्न सकिन्न’, उहाँले भन्नुभयो,‘अब मलाई पुरस्कारको लागि नोमिनेशन गर्ने, र आमन्त्रण गर्ने नगर्नुहोला ।’

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया