पहिलो चलचित्र सफल भएर पनि गुमनाम भएका बलिउड अभिनेत्री

 भदौ २, २०७६ सोमबार १३:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

जो कोही कलाकार पनि आफू बलिउडमा स्थापित हुन चाहान्छन् । कुनै एउटा चलचित्र हिट हुनासाथ कलाकारहरुको चर्चा हुन्छ । तर चलचित्र सँधै हिट हुन्छ भन्ने पनि छैन ।

आज हामी ती अभिनेत्रीको बारेमा चर्चा गरिरहेका छौँ जसको पहिलो चलचित्र हिट भएर पनि त्यस सफलताको उपयोग गर्न सकेनन् र आज बलिउडको दुनियाँमा गुमनाम छन् । 

प्रिति झंगियानी

सुपरहिट चलचित्र  ‘महोब्बते’ बाट बलिउड मा डेब्यू गरेर सफलता आफ्नो पोल्टामा पार्न सफल अभिनेत्री हुन्, प्रिति झंगियानी । पहिलो चलचित्रबाटै दर्शकको मनमा बस्न सफल प्रितिबाट उनका फ्यानहरुले ठूलो अपेक्षा राखेका थिए । 

तर प्रितिले दर्शकको अपेक्षा पूरा गर्न सकिन् । उनले त्यसपछि बलिउडबाट टाढिने निर्णय गरिन् । प्रितिले सन् २००८ मा मोडल तथा अभिनेता परविन डवाससँग विवाह गरिन् । 

गायत्री जोशी    

अभिनेत्री गायत्री जोशीले शाहरुख खानको चलचित्र  ‘स्वदेश’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । गायत्रीको अभिनय दर्शकले निकै मन पराएका थिए । चलचित्र ‘स्वदेश’ त्यस समयमा हिट सावित भयो । 

तर अभिनेत्री गायत्रीले पहिलो चलचित्रबाट पाएको सफलतालाई निरन्तरता दिन सकिनन् । त्यसपछि उनी बलिउडबाटै टाढा भइन् । 

ग्रेसी सिंह   

आमिर खानको सुपरहिट चलचित्रमध्येकाे एक हाे, 'लगान' । चलचित्रकी अभिनेत्री ग्रेसी सिह पनि त्यसबेला चर्चामा थिइन् । उनी त्यसपछि कैंयाै चलचित्रमा काम पनि गरिन् तर ती चलचित्रले दर्शकको मन जित्न सकेनन् । लगातारको असफलतापछि ग्रेसी सिंह पनि चलचित्र क्षेत्रबाट टाढिइन् । 

संदली सिन्हा   

अभिनेत्री संदली सिन्हाले चलचित्र ‘तुम बिन’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो चलचित्रबाटै उनले दर्शकको मन जित्न सफल पनि भइन् । तर उनी अभिनित ‘तुम बिन’ बाहेक उनका अरु चलचित्र चलेनन् । चलचित्र नचलेपछि उनले धनाढ्य व्यापारी किरण सलस्करसँग विवाह गरिन् । 

स्नेहा उल्लाल   

अभिनेत्री ऐश्वर्या राय जस्तै देखिने स्नेहा उल्लालले सलमान खानसँग चलचित्र ‘लकी’ बाट बलिउडमा डेब्यू गरिन् । स्नेहाले डेब्यू गरेसँगै बलिउडमा सबैकोे ध्यान आकर्षण गर्न सफल भइन् । धेरैले उनको करियर हिट हुने अनुमान पनि लगाएका थिए । तर त्यो यर्थातमा सही सावित भएन ।

स्नेहाले सलमानका भाइ सोहेल खानसँग ‘आर्यन’ चलचित्रमा काम गरिन् तर त्यो पनि चलेन । त्यसपछि उनको स्वास्थ्यमा आएको खराबीका कारण उनी चलचित्र क्षेत्रबाट टाढिइन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया