कश्मीरको विषयलाई नेपालले नजिकबाट हेरिरहेकाे छ : परराष्ट्र मन्त्री ज्ञवाली

 भदौ २, २०७६ सोमबार १६:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै -  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समय भारत पाकिस्तानबीच बढ्दो तनाव र कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिनुभएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनमा यो दुई देश बीचको विषय भएको र यसलाई  वार्ता र सहमतिबाट मात्रै निकाश खोज्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारदेखि काठमाण्डाैमा सुरु हुने जानकारी पनि दिइएकाे छ ।  

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पाँचौँ बैठकमा मुख्य ५ वटा एजेन्डा रहेको बताउनुभयो । बैठकमा राजनैतिक,सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृतिसम्बन्धी विषयमा छलफल हुने भएको छ ।

यसका साथै दुई देशका सरकार प्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मूल्याकंन गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने बिषयमा पनि छलफल हुने भएको छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउँदै शिखर सम्मेलन गर्ने विषयमा समेत दुवै देशको संयुक्त आयोगको बैठकमा छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया