काठमाडाैं उपत्यकामा दिउँसो टिप्पर चलाउन रोक

 असार २७, २०७५ बुधबार १८:५९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले काठमाडौँमा उपत्यकामा दिउँसो टिप्पर चलाउन रोक लगाएको छ । 

गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो । 

अब साउन १ गतेदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्पर चलाउन पाइने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असार महिनामा काठमाडौँ उपत्यकामा १ सय ८ वटा दुर्घटना भएकामा ४० वटा दुर्घटना टिप्परले निम्त्याएका थिए ।
हिजो र केही दिन अघि काठमाडौंको जडिबुटीमा टिप्परले ठक्कर दिँदा दुई जनाको ज्यान गएपछि सरकारले दिउँसो टिप्पर चलाउन रोक लगाउने निर्णय गरेको हो । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया