बिहीबार दिनभर बालाजु क्षेत्रमा बत्ति नआउने

 असार २७, २०७५ बुधबार १९:१३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - काठमाडौंको बालाजु क्षेत्रमा बिहीबार दिनभर बिजुली नआउने भएको छ ।

बनस्थली चोकदेखि बालाजु प्रहरीचौकीसम्म सडक विस्तार गरिने भएकाले बालाजु सवस्टेशनबाट प्रसारित हुने क्षेत्रमा भोली बत्ति नआउने भएको हो ।

बिहीबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म एम.टी.सी. पर्खाल, जनजागृती,  रोटरी क्लब, टौडोल, शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटारसम्मको क्षेत्रमा बिजुली काटिने नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया