एभीसी सेन्ट्रल जाेन भलिबल : पाँचौं स्थानको प्लेअफमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा

 भदौ ६, २०७६ शुक्रबार १०:११:३० | उज्यालो सहकर्मी
unn.prixa.net

एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल अन्तर्गत शुक्रबार नेपालले पाँचौं स्थानको प्लेअफमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । 

समूह चरणमा तेस्रो स्थानमा रहेका टोलीहरुबीच पाँचौं स्थानका लागि प्लेअफ हुन लागेको हो । नेपाल समूह ए बाट दुवै खेलमा पराजित हुँदै अन्तिम भएको थियो भने चार टोली रहेको समूह बी बाट अफगानिस्तान तेस्रो भएको थियो । 

नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो ३ बजे लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सुरु हुनेछ । 

शुक्रबार नै साँझ ५ बजे तेस्रो स्थानका  लागि हुने खेलमा तुर्कमेनिस्तान र माल्दिभ्स खेल्नेछन् । सेमिफाइलमा पराजित भएका यी टोलीबीच तेस्रो स्थानको प्लेअफ हुन लागेको हो । 

प्रतियोगिताको उपाधिका लागि किर्गिजस्तान र उज्बेकिस्तान शनिबार खेल्नेछन् । सेमिफाइनलमा किर्गिजस्तानले तुर्कमेनिस्तान र उज्बेकिस्तानले माल्दिभ्सलाई पराजित गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया