रातीदेखिको वर्षाले ठाउँठाउँमा बाढी र पहिरो, सडक अवरुद्ध

 असार २८, २०७५ बिहीबार ६:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् । 

काभ्रेको बनेपामा बाढीले पुल नै छाेपिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछापलगायत ठाउँमा ओहोरदोहोर गर्ने  कुनै पनि गाडी नचलेका प्रहरीले जनाएको छ ।

यसैगरी नगरकोट जाने नयाँ बाटोमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । यस्तै, भक्तपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले दुवाकोट, राधेराधे, लिबालीलगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

सल्लाघारीमा रहेको डाक्टर इवामुरा अस्पतालमा पनि बाढीको पानी पसेको छ । 
 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया