साफ यू-१५ च्याम्पियनशिप : नेपालले भुटानलाई ६-० ले हरायाे, उपाधिका लागि भारतसँग खेल्ने

 भदौ १२, २०७६ बिहीबार १४:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ यू–१५ च्याम्पियनशिपमा नेपाल फाइनल प्रवेश गरेको छ । उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतको कल्याणी रंगशालामा भुटानविरुद्ध ६–० को जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो । तालिकामा ९ अंक जोडेको भारत शीर्ष स्थानमा छ भने 'हेड टु हेड' का आधारमा नेपाल दोस्रो स्थानमा छ । 

यसैगरी बिहीबार दिउँसो नै भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । नेपाल बंगलादेशविरुद्ध 'हेड टु हेड' का आधारमा अघि रहेकाले भारतलाई पराजित गरेमा पनि नेपाललाई असर गर्ने छैन ।

नेपालले भुटानलाई सुरुदेखि नै दबावमा राखेको थियो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । नेपालको जितमा प्रदीप लम्सालले २ तथा निराजन खत्री, कृष सापकोटा, असिम राई र सुमन जिम्मीले समान एक/एक गोल गरे । 

पहिलो हाफको पाँचौं मिनेटमा प्रदीप लम्सालले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । यसैगरी नवौं मिनेटमा निराजन खत्रीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा नेपालले गोल थप्न सकेन । दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट खेल खेलेको थियो ।

४८ औं मिनेटमा प्रदीप लम्सालले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । ७५ औं मिनेटमा असिम राईले गोल गर्दै नेपाललाई फराकिलो जित तर्फ लगे । ८५ औं मिनेटमा कृष सापकोटाले गोल गरे । इन्जुरी समयमा सुमन जिम्मीले हेडमार्फत गाेल गर्दै नेपाललाई ६–० को जित दिलाउन सफल भए ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Cb tamang

    Aug. 29, 2019, 6 p.m.

    अब जीत नजिक छ , पालो नेपालको हो / नेपाली टीमलाई अग्रिम सफलताको शुभकामना दिन चाहन्छु /

  •  0 Reply

तपाईको प्रतिक्रिया