खोलाले बगाएर कपिलवस्तुमा एक युवकको मृत्यु

 असार २८, २०७५ बिहिबार १५:५८:२९ | उज्यालो सहकर्मी

कपिलवस्तु – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक युवकको ज्यान गएकाे छ । 

ज्यान जानेमा मायादेवी गाउँपालिका –३, फुलिकाका १६ वर्षीय एजाज दर्जी रहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो स्थानीय मर्थी खोलामा पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

बुधबारदेखि खोलाले बगाएर बेपत्ता भएका दर्जीको शव आज दिउँसो १ बजे खोजीको क्रममा भेटिएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया