आन्तरिक विवादमा रुमल्लिँदै राजपा

 भदौ १३, २०७६ शुक्रबार १९:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आन्तरिक विवादमा रुमल्लिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक बसेको छ ।

शुक्रबार अपरान्ह पार्टी कार्यालय बबरमहलमा राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक हालका संयोजक राजकिशोर यादवको अध्यक्षतामा बसेको हो । केही दिन अगाडि संयोजक यादवले पार्टीको राजनैतिक समितिको बैठक बोलाएपछि बाँकी नेता संयोजक यादवसँग रुष्ट बनेका थिए ।

संयोजक यादवले शुक्रबार (आज) र शनिबार दुई दिन राजनैतिक समितिको बैठक बोलाउनु भएको थियो । विभिन्न जिल्लामा रहेका राजनैतिक समितिका सदस्यहरु काठमाण्डौ आइसकेका छन् ।

अध्यक्ष मण्डलका अन्य सदस्यहरुसँग सल्लाह नै नगरी बैठक बोलाइएको भन्दै आलोचना भएपछि राजनैतिक समितिको बैठक मिति नतोकी सारिएको छ । अध्यक्ष मण्डलको बैठक माथिल्लो तलामा चलिरहेको बेला संयोजक यादव भने बैठकका लागि काठमाण्डौ आएका समिति सदस्यहरुलाई फकाउन अर्को कोठामा जानु परेको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुको पार्टीको आन्तरिक विवादमा राखिएको जिज्ञाशामा अध्यक्ष मण्डलका संयोजक यादवले त्यस्तो केही नभएको मुद्दा र एजेन्डामा पार्टी एकढिक्का भएको प्रतिक्रिया दिनुभयो ।

राजपाभित्र अहिले समाजवादी पार्टीसँगको एकीकरण र पार्टीको महाधिवेशन गर्ने सम्बन्धमा स्पष्ट २ धार देखिएको छ । समाजवादी पार्टीसँग वार्ता गर्न बनेको समितिको संयोजक रहनु भएका राजेन्द्र महतो, वर्तमान संयोजक यादव र अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादव तत्काल वार्ताको पक्षमा हुनुहुन्छ । बाँकी सदस्यहरु पार्टीको अधिवेशन गरेर मात्र औपचारिक प्रक्रिया सुरु गर्ने पक्षमा हुनुहुन्छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया