तिजमा व्रत बस्दै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्

 भदौ १५, २०७६ आइतबार ११:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तिजमा धेरै महिला व्रत बस्ने गर्छन् । पहिलेजस्तो निराहर व्रत बस्ने चलन त बिस्तारै हराउँदैछ । तर पानी र फलफूल खाएर व्रत बस्दा पनि स्वास्थ्यलाई ध्यान दिनुपर्ने हुन्छ ।  आफ्नो स्वास्थ्यको ख्याल नगरी व्रत बस्नु भनेको रोग निम्त्याउनु हो । स्वास्थ्यलाई ध्यान दिँदै व्रत बस्दा यसले फाइदा पनि गर्छ ।

व्रत बस्दाका फाइदा 

– व्रत बस्दा सबै कुरा मिलाएर बस्न सकियो भने स्वास्थ्यको लागि धेरै फाइदा गर्छ । 
– आत्मसन्तुष्टि हुन्छ । जसले जीवनलाई सार्थक रुपमा अगाडि बढाउन मद्दत गर्छ  । 
– खानाको एलर्जी तथा पेट फुल्ने समस्या भएकालाई राम्रो गर्छ । 
– बढी खाएर भएको ग्याष्ट्राइटिस ठिक हुन्छ ।  
– धेरै मोटो, कलेजोमा बोसो भएका, कोलेस्ट्रोल भएका र पेट ठूलो भएकाहरुलाई फाइदा हुन्छ । 
– समय समयमा व्रत बसेर कम खाने मान्छे बढी बाँच्छन् भन्ने प्रमाणित भएको छ  ।  

व्रत तीन प्रकारका हुन्छन्

१. केही नखाएर निराहार बस्ने व्रत 
२. पानी जुस खाएर बस्ने व्रत  
३. एक दिन बिराएर वा केही दिन बिराएर बस्ने व्रत  

व्रत र यसले गर्ने बेफाइदा

 

– सुगरका नियमित औषधि खाने बिरामीले व्रत बस्दा प्रेसर लो भएर बेहोस हुने तथा ब्रेनमा असर पुग्यो भने त्यो सबैभन्दा घातक हुन्छ  । 
– प्रेसरका बिरामीले बेलुका औषधि खाएर सुत्ने अनि भोलिपल्ट नुन, पानी नखाँदा चक्कर लागेर ढल्न सक्छन् । 
– थोरै तौल छ भने व्रत बस्दा पानी तथा ग्लुकोजको मात्रा कम भएर ढल्ने सम्भावना धेरै हुन्छ । 
– उमेर धेरै भैसकेकाहरुले व्रत बस्दा बेफाइदा गर्छ ।
– तीव्ररुपमा वृद्धि विकास हुने उमेरमा व्रत बस्दा असर गर्छ ।  
– मिर्गौलाका बिरामीले व्रत बस्दा पानीको मात्रा कम भइ शरीरमा डिहाइड्रेसन हुन्छ र ढल्ने सम्भावना हुन्छ । 
– त्यस्तै गर्भवती तथा दूध खुवाउने महिलाले पनि व्रत बस्नु हँुदैन । 

व्रत बस्दा ध्यान दिनुपर्ने कुरा 

– यदि व्रत बस्दै हुनुहुन्छ भने पानी, जुस, फलफूल, दूध खाएर बस्नु पर्छ । 
– सकेसम्म खाना (भात) नखाए पनि सुजी, साबदाना लगायतका परिकार खानुपर्छ ।
– यदि त्यो पनि मिल्दैन भने पानी खानै पर्छ ।  
– बिहानदेखि बेलुकासम्म बस्दा ठिकै हुन्छ तर रातभरि व्रत बस्नु हुँदैन । 
– लामो समय व्रत बस्दा धेरैखालका रोग लाग्ने, शरीर कमजोर भएर ढल्ने तथा अस्पतालसम्म जानुपर्ने अवस्था आउँछ । 

(साथी विना न्यौपानेले पाटन असपतालका प्राध्यापक, जनरल फिजिसियन तथा कलेजो रोग विशेषज्ञ डा. युवराज शर्मासँग गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया