तिज पर्वको अवसरमा ट्राफिक व्यवस्थापन (सूचीसहित)

 भदौ १५, २०७६ आइतबार ११:५४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिज । तिज पर्वको अवसरमा महानगरीय ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ ।

प्रहरीले सोमबार चक्रपथभित्र सवारी यातायात सुचारु गर्ने तर पशुपतिनाथमा दर्शनार्थीका चाप अत्याधिक भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने जनाएको छ ।

ट्राफिक प्रहरीले मालबाहक सवारी साधनहरू, यात्रुबाहक सवारी साधनहरू चल्ने रूट व्यवस्थापन गरेको छ । तिजका अवसरमा हुनसक्ने भीड लक्षित गरी ट्राफिक प्रहरीले वैकल्पिक मार्गको पनि व्यवस्था गरेको छ ।

रोक लगाइएको :

– चावहिलबाट गौशाला तर्फ । 
– पुरानो बानेश्वरबाट गौशाला तर्फ । 
– ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशाला तर्फ । 
– द्धारीका होटलको उत्तर तर्फको शाखा मार्ग । 
– सिफल चौरबाट जयबागेश्वरी तर्फ ।
– लामापोखरी कुटुवहालबाट मित्रपार्क तर्फ ।
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ । 
– तिलगंगाबाट गौशाला तर्फ ।
– मालबाहक सवारी   साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगंगा तर्फ ।
– जोरपाटी नारायणटारबाट करिडोरबाटो हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाट तर्फ । 
– सिनामंगल पुलबाट करिडोरको बाटो हुँदै होटल महाराजा निस्कने मार्ग । 
– जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चे पाटीबाट चावहिल तर्फ ।
– तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिलतर्फ

सवारीमार्ग व्यवस्थापन 

बस तथा माइक्रो बस :

– पुरानो बसपार्क – भद्रकाली – सिंहदरबार – माइतीघर – नयाँबानेश्वर –  तिनकुने – सिनामंगल हुँदै  तिलगंगासम्म  पुग्ने  र  यही बाटो हुँदै पुरानो  बसपार्क फिर्ता हुने । 
– पुरानो बसपार्क – भद्रकाली – नागस्थान – भोटाहिटी – जमल – केशरमहल – खानीविभाग – लाजिम्पाट – नारायणगोपाल चोक – चावहिल – बौद्ध – जोरपाटी – साँखुसम्म  पुग्ने र  यही मार्ग हुँदै जमलसम्म र त्यसपछि महेन्द्र शालिक  तीनधारा  पाठशाला हुँदै पुरानो बसपार्क फिर्ता हुने ।
– कालोपुल  हुँदै  कपन  चल्ने  सवारी  साधनहरू खानी विभाग,  लाजिम्पाट  हुँदै महाराजगञ्जको बाटो चलाउने ।

माइक्रो  बस तथा टेम्पो :

– सुन्धाराबाट मैतीदेवी – पुरानो बानेश्वर – चावहिल  हुँदै  बौद्धतर्फ  चल्ने  माइक्रो बस तथा  टेम्पोहरू  महेन्द्र  शालिक – कृष्णपाउरोटी – जय नेपाल – सिंह दोबाटो – नक्साल, भगवतीबहाल – सानोगौचरण –सिफल  उकालो –  लामपोखरी – गणेशस्थान – चावहिल  हुदै  जोरपाटी चलाउने ।
– जोरपाटी – बौद्धबाट  सुन्धारा  आउने  माइक्रो बस तथा टेम्पोहरू चावहिल –नारायणगोपाल चोक – लाजिम्पाट – केशरमहल – जमल – घण्टाघर  हुँदै सुन्धारा चलाउने । 

मालवाहक सवारी साधन :

– जोरपाटी – बौद्ध, चावहिल हुँदै महाराजगञ्जतर्फ जाने मालवाहक  सवारी  साधनहरू चुच्चेपाटी – भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा – महाराजगञ्जतर्फ जानु पर्ने ।
– कोटेश्वर – तीनकुने – गौशाला  हुँदै बौद्ध  वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरु कोटेश्वर – सातदोबाटो – कलंकी – महाराजगञ्ज र  बौद्ध  जाने  मालवाहक  सवारी  साधन गोपीकृष्ण हल – कपन – महाँकाल – चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने ।
– कोटेश्वर तीनकुने हुँदै पशुपती वरपर पुग्नुपर्ने मालवाहक सवारी साधनहरू गैरीगाउँमा मेला अवधिभर कुर्नुपर्ने । 
– महाराजगञ्ज – चावहिल हुँदै पशुपती वरपर पुग्नुपर्ने मालवाहक सवारी  साधन बसुन्धारामा मेला अवधिभर कुर्नुपर्ने । 
– कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध – जोरपाटी जाने मालवाहक  सवारी  साधनहरू जडिबुटी – पेप्सीकोला – गोठाटार पुल हुँदै जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङ व्यवस्थापन :

तिलगंगा – दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटक (तिलगंगा आँखा अस्पताल छेउ) 
तिलगंगा चोक – स्थानीय दर्शनार्थीका सवारी साधन । 
सिफलचौर – स्थानीय दर्शनार्थीका सवारी साधन । 
गुहेश्वरी पारी – वागमती कोरिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधन ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया