रकम चोरी भएपछि उपत्यकामा केही बैंकका एटीएम बन्द, ह्याकिङमा संलग्न ५ जना चिनिया नागरिक पक्राउ

 भदौ १५, २०७६ आइतबार १२:२१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विभिन्न बैंकका एटीएमबाट रकम चोरी भएपछि केही बैंकले काठमाण्डौ उपत्यकामा एटीएम बन्द गरेका छन् । 

चिनिया ह्याकरहरुले नक्कली एटिएम कार्ड बनाएर १ करोड भन्दा धेरै रकम झिकेपछि नविल, प्रभुलगायका केही बैंकले एटीएम बन्द गरेका हुन् ।

लुटिएको रकम अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ह्याकरहरुले केही बैंकको सिस्टम नै ह्याक गरेको र केही नक्कली एटीएम बनाएर पैसा झिकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

एटीएम र बैंकिङ प्रणालीको सुरक्षाको बारेमा छलफल गर्न अहिले राष्ट्र बैंकमा बैठक बसिरहेको छ । 

ह्याकिङमा संलग्न ५ जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेको छ, उनीहरुलाई दिउँसो सार्वजनिक गर्ने तयारी भैरहेको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया