विम्बल्डन टेनिस : उपाधिका लागि सेरेना विलियम्स र एन्जेलिक केरबेरबीच प्रतिस्पर्धा

 असार २९, २०७५ शुक्रबार ६:३५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

विम्बल्डन टेनिसको उपाधिका लागि फेरि एकपटक सेरेना विलियम्स र एन्जेलिक केरबेरबीच प्रतिस्पर्धा हुनेभएको छ ।

पूर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्सले गएराति भएको सेमिफाइनलमा जर्मनीकी जुलिया गोर्गेसलाई पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।

लण्डनको सेन्टर कोर्टमा भएको खेलमा २५ औं बरियताकी सेरेनाले १३ औं बरियता प्राप्त गोर्गेसलाई ६–२ र ६–४ ले हराइन् । २३ पटकको ग्रान्डस्लाम विजेता ३६ वर्षीय सेरेनाले उपाधिका लागि केर्बेरसँग खेल्ने छिन् ।

केरबेरले सेमिफाइनलमा डेनमार्ककी जेलेना ओस्टापेन्कोलाई पाखा लगाइन । ११ औं बरियताकी केरबेरले १२ औं बरियताकी ओस्टापेन्कोमाथि ६–३ र ६–३ को सोझो सेटमा जित निकालिन् । फाइनल खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया