कोरियन वनको भाउ बढ्यो, अरु विदेशी मुद्राको भाउ भने घट्यो

 भदौ १९, २०७६ बिहिबार १०:२६:३३ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्रबैंकले बिहीबार १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६९ पैसा तोकेको छ । बुधबार अमेरिकी डलर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५  पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा थियो । 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा थियो । 

बिहीबार ओमानी रियालको खरिददर एकको २९९ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो यसको १ को खरिददर २९९ रुपैयाँ ५१ पैसा थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा थियो । 

यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा पुगेको छ । हिजो बुधबार यसको १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१  पैसा थियो । 

बिहीबार कोरियन वनको भाउ भने बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा पुगेको छ । हिजाे वन १ सयको को खिरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६३ रुपैयाँ तोकेको छ । बुधबार कुवेती दिनार १ को खरिददर ३७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६३  पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ८३ पैसा छ । बुधबार यसको १ को खरिददर ३०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०८ रुपैयाँ ०४ पैसा थियो ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया