भानुभक्तले साहित्यमार्फत समाज सुधारका काम गर्नुभयो : प्रधानमन्त्री ओली

 असार २९, २०७५ शुक्रबार १२:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताउनुभएको छ ।

२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भानुभक्तले साहित्यमार्फत समाज सुधारका काम गर्नुभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताउनुभएको छ ।

प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको छ । उहाँले यस सम्बन्धमा सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन प्रतिवद्धता जनाउनु भयो । प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया