नेप्सेसँगै काराेबार रकम बढ्याे, विकास बैंक र फाइनान्समा आकर्षण
पुस २४, २०८१ बुधबार
काठमाण्डौ – नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि आएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव राखेको छ ।
भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू–क्षणका कारण वातावरणीय दुस्प्रभाव बढ्नुका साथै खेतीयोग्य जमिन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न संयुक्त पहल हुनुपर्नेमा जोड दिनुभएको हो ।
भूमियोग्य जनिमको ह्रासका कारण उत्पन्न वातावरणीय चुनौतीले संसारका करोडौँ मानिसहरुको जीविकामाथि गम्भीर चुनौती खडा गरिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले विश्वभर कृषियोग्य जमिन घट्दै जाँदै उत्पादकत्व घटेको उदाहरण दिँदै यो चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।
उहाँले सम्मेलनबाट भूमि संरक्षण गरी उत्पादकत्व बढाउन तथा विश्वलाई मरुभूमिकरणबाट जोगाउन सामूहिक रुपमा दिर्घकालीन लक्ष्य र योजनाहरुको घोषणा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले कुनै एक मुलुकले चाहेर मात्र मरुभूमिकरणको विकराल अवस्थासँग मुकाबिला गर्न नसक्ने स्पष्ट गर्दै त्यसका लागि सामूहिक प्रयास र सहकार्यमा जोड दिनुभयो ।
नेपाल जमिनको क्षयीकरण रोक्न प्रयासरत रहेको र त्यसका लागि ठोस योजनाहरुका साथ अघि बढेको जानकारी मन्त्री बस्नेतले गराउनुभयो । त्यसैका लागि सरकारले चालु आर्थिक वर्षलाई वृक्षरोपण वर्ष घोषण गरेको तथा राष्ट्रपति–चुरे तराई मधेस संरक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । यस्तै, उहाँले वातावरणीय परिवर्तनले ल्याएका चुनौतीको सामना गर्न अनूकुलनका कार्यक्रमहरु अघि सारिएको बताउनुभयो । उहाँले राष्ट्रिय संकल्पका रुपमा सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराभित्र भू–संरक्षणलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।
नेपालको कूल क्षेत्रफलको ४४ दशमलव ७४ प्रतिशत भू–भाग वन क्षेत्र र २ दशमलव ४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रले ओगटेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसलाई नघटाइने प्रतिबद्धता जनाउनुभयो । यद्यपि नेपालले अन्य सदस्य राष्ट्रहरुका तुलनामा अधिक वातावरणीय चुनौती भोग्नुपरिरहेकामा सम्मेलनको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, नेपालले समुदायमा आधारित वन व्यवस्थापनमा विश्वमै नमुनायोग्य काम गरेको चर्चा गर्दै उहाँले वन क्षेत्रबाट उत्पादित लाभहरुको समुचित वितरणमा ध्यान दिइएको बताउनुभयो । भू–क्षयको चुनौती सामना गर्न नेपालले माटो र पानीको स्रोत संरक्षण, वन र दिगो भूमि व्यवस्थापन, वातावरण संरक्षण तथा मौसम परिवर्तनसम्बन्धी नीति, ऐन र नियमहरु बनाएर लागू गरेको जानकारी सम्मेलनलाई गराउनुभयो ।
मन्त्री बस्नेतले सेप्टेम्बर २ मा सुरु भएर १३ सम्म चल्ने बैठकको उच्चस्तरीय सत्रमा नेपाली टोलीको नेतृत्व गर्दै सहभागी हुनुभएको हो । सम्मेलनमा नेपालसहित विश्वका ८९ मुलुकका वन तथा वातारणमन्त्री तथा केही मुलुकका राष्ट्र र सरकार प्रमुखसमेत सहभागी छन् । सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको थियो । नेपाल सन् १९९७ मा ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्र’ को सदस्य भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।